पोखरामा कोइरालाले मागिन् राप्रपाको पक्षमा भोट

पाेखरा | कात्तिक २५, २०७९

पोखरामा कोइरालाले मागिन् राप्रपाको पक्षमा भोट

 

पोखरा:  नेपाली कांग्रेसका संस्थापक नेता विश्वश्वरप्रसाद कोइरालाका नातिनी मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई मतदान गर्न आग्रह गरेकी छिन् । पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टीले आज (शुक्रबार) आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे कोइरालाले यस्तो बताएका हुन् ।


आफ्नो स्वास्थ्यले साथ नदिएको भन्दै केही मिनेटमात्र सभालाई सम्बोधन गर्दै नायिका कोइरालाले राप्रपा इमान्दार पार्टी भएकाले मतदान गर्न आग्रह गरेकी हुन् । 


राजेन्द्र लिङ्देनले नेतृत्व गरेको पार्टी मन परेकाले आफूले पनि साथ दिएको बताइन् । राप्रपाले बीपी विचारलाई पछ्याएको बताउँदै भनिन्, ‘मैले राजेन्द्र लिङ्देनको भाषण सुनिरहेको छु । मलाई उहाँको भाषण निकै घत लाग्दछ । जब नेताहरु गाउँ पुग्छन्, गाउँमा चोर आयो भन्छ भन्ने शब्द मलाई साह्रै मन पर्‍यो ।’


अन्य पार्टीका नेताहरुको वचन दिने, आशा दिने कार्य मन नपरेकाले राप्रपा नै ठीक लागेर साथ दिएको छु ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्